विज्ञापन

नेशनल बाथरोग सेन्टरको धनगढी शाखाको उद्घाटन

विज्ञापन
Image
विज्ञापन

धनगढी । कैलालीको धनगढीमा नेशनल बाथरोग सेन्टरको उद्घाटन भएको छ । शुभलक्ष्मी स्वास्थ्य सेवा प्रालिले सञ्चालनमा ल्याएको उक्त शाखाको शसक्रबार धनगढी उपमहानगरपालिका–१ का वडाध्यक्ष सन्तोष मुडभरीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष मुडभरीले बाथरोगको चेकचाँच तथा उपचार यही हुनु खुशीको कुरा भएको बताए । उनले बाथरोग सेन्टरको स्थापनाले बाथरोगका बिरामीले धेरै खर्च गरेर चेकजाँचका लागि बाहिर जानुपर्ने समस्या घट्ने विश्वास व्यक्त गरे । उनले सेन्टरलाई गरिब तथा विपन्न वर्गका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा दिन समेत आग्रह गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै नेशनल बाथरोग सेन्टरका अध्यक्ष एवं वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित बैधले हात खुट्टा दुखाइ हुने मात्रै नभएर बाथरोग विभिन्न किसिमका हुने बताए । उनले भने ‘यहाँका बिरामीले काठमाण्डौँ गएर उपचार गर्नुपर्ने अवस्था देखियो । धेरै खर्च गर्नुपर्ने अवस्था छ । एउटा सामान्य परीक्षणका लागि पनि बाहिर जानुपर्ने अवस्था छ । त्यो समस्या कम गर्न,त्यो खर्च कम गर्न हामीले यहाँ शाखा सञ्चालनमा ल्याएका हौँ ।’

बाथरोग सेन्टरको बाथका प्रकार, उमेर समूहलगायतका सबै कुराहरुलाई हेरेर त्यो अनुसार उपचार गर्ने उदेश्य रहेका उनले बताए । एउटामात्रै बाथरोग विशेषज्ञ आएर उपचार गर्ने नभएर बाथरोगको टिमले आएर सम्भव भएका काठमाण्डौँमा दिने सेवा यहाँ प्रदान गरिने उनले बताए ।

नेशनल बाथरोग सेन्टर धनगढीका प्रवन्ध निर्देशक होमबहादुर पल्ली थापाले नेपालमै बाथरोगको विश्वस्त स्तरीय स्वास्थ्यसेवा दिने उदेश्यले १२ वर्ष अघि काठमाण्डौँमा बाथरोग सेन्टर स्थापना गरिएको बताए ।

उनले देशभर बाथरोग सेन्टरका ८ जिल्लामा शाखा सञ्चालनमा रहेको बताउँदै धनगढीमा स्थापना गरिएको नवौँ शाखा भएको बताए । उनले सुदूरपश्चिमका बिरामीले काठमाण्डौँ गएर बाथरोगको स्वास्थ्य सेवा लिइरहेको अवस्थामा बिरामीलाई सहजताका लागि धनगढीमै शाखा स्थापना गरिएको बताए । उनले काठमाण्डौँ दिइने बाथरोगको उपचार सेवा अब धनगढीबाटै दिइने बताए ।

बाथरोगका सबै जाँचहरु अब यहाँ सम्भव हुने बताउँदै गरिब तथा विपन्न वर्गका बिरामीलाई स्थानीय तहको सिफारिसमा सहुलियतमा सेवा प्रदान गरिने उनले  बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन