विज्ञापन

राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलसहित कतारमा

विज्ञापन
Image
विज्ञापन

राष्ट्रपति रामचन्द्र पौडेल खाडी मुलुक कतार आइपुगेका पुगेका छन् । कतारको राजधानी दोहामा भोलिदेखि हुने सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल कतार आएका हुन् ।  

२० कार्तिकसम्म जारी रह्ने सम्मेलनमा उनले भाेलि १८ कार्तिकमा सम्वोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल पत्नी सवितासहित नेपाली टोलीको नेतृत्व गरी कतार आएका हुन् । राष्ट्रपति पौडेललाई कतारका अमिर शेख तमिम बिन हमद अल थानीलो निमन्त्रण गरेका थिए । राष्ट्रपति पौडेललाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलसहित कतारका विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघको महासभाको निर्णयअनुसार कतारको दोहामा हुन लागेको सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाली दूतावासका नियोग उपप्रमुख कुमार राईले बताएका छन् ।

सम्मेलनमा विकासको असमानता, जनसंख्यामा आएको असंतुलन र प्रविधिका कारण समाजमा परेको प्रभाव लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ । नेपाल संयुक्त राष्ट्रसंघको १९५५ मा सदस्य भएपछि शान्ति र स्थायित्वका लागि सक्रिय र प्रतिबद्ध सदस्य  छन् । राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को नेपाल अध्यक्षता गर्दै आइरहेको छ । राष्ट्रपति पौडेल २० कार्तिकमै स्वदेश फर्किने छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन