काठमाडौँ : सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली’ अभियान चलाइएको छ। जेनजी अगुवाहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न माग गर्दै यस्तो अभियान चलाएका हुन्। गत भदौ २३ गते जेनजी आन्दोलनमा राज्यको तर्फबाट दमन भएको र धेरै युवा हाताहती भएको भन्दै उनीहरूले उक्त अभिथान थालेको बताएका छन्।
जेनजी अगुवा रक्षा बमले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ, मधेश विद्रोह हुँदा दुई चार दाना कुहिएका आँप झरेका हुन् भन्ने अभिव्यक्ति दिने, जेनजीको आन्दोलनमा निहत्था कलिला विद्यार्थीहरूमाथि गोली दाग्न आदेश दिने, एक व्यक्ति आज पनि जग हसाउँदै चुट्किला सुनाएर बसिरहेको छ। हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस्।’ उनीहरूले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गर्न माग गरेका छन्।
प्रतिक्रिया जनाउनुहाेस्