विज्ञापन

शिवराजको कटनिको घरमा राजस्वको छापा : २३ बोरा कपडा बरामद

विज्ञापन
Image
विज्ञापन

कपिलवस्तु : शिवराज नगरपालिका-५, कटनिको एक घरमा राजस्व अनुसन्धान कार्यालय बुटवलले छापा मारेर २३ बोरा कपडा बरामद गरेको छ। अवैध कपडा भण्डारण गरिएको भन्ने विशेष सुराकीको आधारमा राजश्व अनुसन्धान कार्यालयको टोलीले सोमबार दिउँसो उक्त घरमा छापा मारेको थियो। छापा मार्ने क्रममा घरभित्र लुकाएर राखेको अवस्थामा २३ बोरा कपडा फेला परेको राजस्व अनुसन्धानले जनाएको छ।

​बरामद गरिएको कपडाको बजार मूल्य र त्यसको स्रोत बारे राजश्व अनुसन्धान कार्यालयले थप अनुसन्धान गरिने प्रमुख सुवास श्रेष्ठले बताउनुभयो । राजस्व छलीको आशंकामा कपडा बरामद गरिएको र संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने कार्यालयले बताएको छ।थाहाखबर

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन